लालबन्दी, ७ बैशाख – सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेली हिजो मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएकी छन् ।
दोस्रो पटक प्रदेश सभा सदस्य भएकी लुंगेली बिनाविभागिय मन्त्रीमा नियुक्त भएकी हुन् । मधेश सरकारमा नियुक्त भएका लुंगेलीसहित ३ मन्त्री र एक राज्यमन्त्रीले हिजै शपथ समेत लिइसकेका छन् ।
नवनियुक्त मन्त्री लुंगेलीलाई लालबन्दी नगरपालिका ७ स्थित निवासमा पार्टीका आम कार्यकर्ता र स्थानीयले गएसाँझ स्वागत समेत गरेका छन् । लुंगेलीको मन्त्रालय तत्काल तोकिएको छैन् ।
उनले श्रम तथा यातायात वा वन तथा वातावरण मन्त्रालयमध्ये एक मन्त्रालय पाउने छिन् ।