लालबन्दी, ६ बैशाख – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आज ५३ जनाले रक्तदान गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औँ स्थापना दिवसको अवसरमा नेविसंघ क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीसहित अन्यले रक्तदान गरेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का क्याम्पस सभापति अभिमन्यू चौधरीले जानकारी दिए । उनका अनुसार रक्तसंचार केन्द्र जनकपुरधामसँग समन्वय गरी रक्तदान कार्यक्रम गरिएको हो ।
नेविसंघको क्याम्पस इकाई समितिका कार्यवाहक सभापति विवेक बानियाँको अध्यक्षता तथा नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा क्याम्पस प्रमुख उमेश तिमल्सिना, कांग्रेस नेताहरु युवराज देवकोटा, विष्णुमणि घिमिरे, कुवेर आचार्य, नारायण गुर्मछानेलगायतको आतिथ्यता रहेको थियो ।
जिल्लामा अन्य क्याम्पसमा गठित नेविसंघको इकाई समितिले पनि आज विविध कार्यक्रम गरी नेविसंघको ५५ औँ स्थापना दिवस मनाएका छन् ।