logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

खैर्बा आएर फर्किए लोसपा अध्यक्ष महन्थ ठाकुर


  • उज्यालो अभियान

रामनगर, ५ बैशाख – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर आज सर्लाहीको रामनगर गाउँपालिकास्थित खैर्बा आएर फर्किएका छन् ।

उनी आफ्नो पुरानो निर्वाचन क्षेत्रमा पर्ने खैर्बामा चैते दशैँको प्रसाद ग्रहण गरी फर्किएका पार्टीका महासचिव तथा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले जानकारी दिए । ठाकुरको साथमा पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलसहितका केन्द्रिय नेताहरु पनि खैर्बा आएर फर्किएका छन् ।

उनीहरुले जिल्ला आएको अवसरमा पार्टीका अगुवा नेता कार्यकर्तासँग संक्षिप्त भेटघाट समेत गरेका महासचिव यादवले बताए ।