logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

टेम्पु व्यवसायीसँग बरहथवा प्रहरीको अन्तरक्रिया


  • उज्यालो अभियान

बरहथवा, ५ बैशाख – सर्लाहीको बरहथवास्थित इलाका प्रहरी कार्यालयमा हिजो नयाँरोड–बरहथवा रुटमा चल्ने टेम्पु व्यवसायीसँग छलफल गरिएको छ ।

ट्राफिक नियमको पालना, पार्किङलगायतका विषयमा प्रहरीले टेम्पु, म्याजिकलगायत साना यातायात व्यवसायीसँग अन्तरक्रिया गरेको हो । इलाका प्रहरी कार्यालयका इन्चार्ज एवं डिएसपी गौतम थापाले जिप टेम्पु व्यवसायी संघ सर्लाहीका अध्यक्ष राजकुमार मैनालीसहित अन्य व्यवसायीसँग छलफल गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जनायो ।

छलफलमा सहभागी व्यवसायीले ट्राफिक नियमको पालनासहित बसपार्कमै पार्किङ गर्नेसहितका प्रतिवद्धता जनाएका छन् ।