मोहनपुर, ४ बैशाख – सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ मा पर्ने साबिक मोहनपुर गाउँ विकास समिति (गाविस) का तत्कालिन अध्यक्ष मोहम्मद बिकाउ मन्सुरको आज निधन भएको छ ।
करिव ६५ वर्षीय मन्सुरको उपचारका क्रममा वीर अस्पताल काठमाडौँमा निधन भएको हो । पेटको समस्या भएपछि शल्यक्रिया गराएर घर आएका मन्सुर इन्फेक्सन भएर पुनः काठमाडौँ गई उपचार गराउनेक्रममा निधन भएको पारिवारिक स्रोतले जनायो ।
नेपाली कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका मन्सुर दुई पटकको स्थानीय तह निर्वाचनमा चन्द्रनगर ५ को वडाध्यक्षमा कांगे्रसको तर्फबाट झिनो मतले पराजित भएका थिए ।