logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एसपी र डिएसपीद्वारा राजनीतिज्ञ र पत्रकारसँग अन्तरक्रिया


  • उज्यालो अभियान

प्रहरी उपरीक्षक सिंह (दायाँ) र डीएसपी श्रेष्ठ । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ४ बैशाख – सर्लाहीमा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंह र प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र पत्रकारसँग परिचय तथा अन्तरक्रिया गरेका छन् ।

उनीहरुले हिजो जिल्ला प्रहरी कार्यालय मलंगवामा जिल्लास्थित राजनीतिक दलका नेता र पत्रकारसँग अन्तरक्रिया गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी र सुझाव लिएका हुन् । सहभागी राजनीतिज्ञ र पत्रकारले जिल्लामा शान्ति सुरक्षा तथा सामाजिक अवस्था, सीमा क्षेत्रबाट हुने तस्करी तथा नागरिकको जनजीवन सहज बनाउन प्रहरीले खेल्नुपर्ने भूमिका, प्रहरीको काम कारवाहीलगायत विषयमा नवनियुक्त एसपी सिंह र डिएसपी श्रेष्ठलाई सल्लाह सुझाव दिएका छन् ।

सिंह र श्रेष्ठले अन्तरक्रियामा आएका सल्लाह सुझावलाई मनन गर्दै शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको बताएका छन् ।