logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

रक्षामन्त्री उप्रेतीद्वारा बरहथवामा धर्मशालाको उद्घाटन


  • उज्यालो अभियान

बरहथवा, ३ बैशाख – संघीय सरकारका रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले आज उनकै गाउँ बरहथवा नगरपालिका १५ सुन्दपुर चोहर्वामा धर्मशालाको उद्घाटन गरेका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत गृह गाउँ आएका मन्त्री उप्रेती धर्मशालाको उद्घाटन गरेर फर्किएका छन् । मन्त्री उप्रेती बरहथवा २ स्थित हजरियामा रहेको प्राथमिक विद्यालयमा हेलिकप्टरमार्फत ल्याण्ड भई धर्मशालाको उद्घाटन तथा त्यहीँ आयोजित महायज्ञमा केहीबेर सरिक भएर फर्किएका बुझिएको छ ।

उनी निर्माणाधीन काठमाडौँ–तराई फास्ट ट्रयाकको निरीक्षणमा आएको बेला गृह गाउँमा आयोजित कार्यक्रममा सरिक भएका हुन् ।