खैर्बा, २ बैशाख – बहुजन एकता पार्टी नेपालले आज सर्लाहीको रामनगर गाउँपालिकास्थित खैर्बामा डा. अंबेडकरको १३३ औँ जयन्ती मनाएको छ ।
कार्यक्रमका वक्ताले अंबेडकरवादी मार्ग विभेदरहीत, मानव कल्याणकारी एवं समतामा आधारित मार्ग रहेकाले उनले देखाएको मार्गमै हिँड्नुपर्नेमा जोड दिएका छन् । रामआज्ञा रामको अध्यक्षता तथा बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रन्जनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय संगठन प्रभारी तथा वरिष्ठ नेता राजाराम पासवान, केन्द्रिय सचिव जितेन्द्र राम, अरविन्द बैठा, पनिलाल दासलगायतले मन्तव्य राखे ।
यो पार्टीले वर्षेनि यसरी कार्यक्रम गरी अंबेडकरलाई सम्झने गरेको छ ।