प्रतिकात्मक तस्बिर ।
मलंगवा, ३० चैत – जिल्लाको दक्षिणी भेगस्थित ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर ज्यान गएको छ ।
चैते धान रोप्नका लागि खेत गदारिरहेको (हिलोमा जोत्ने काम) ज १ त ४३१४ नम्वरको ट्याक्टरका चालक ब्रह्मपुरी २ कै २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो ।
पानी पटाइरहेको मोटरको तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भइ चालक पासवान गम्भीर भएका र उनको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो ।