लालबन्दी, २९ चैत – सर्लाहीको लालबन्दीमा आज नेपाल शिक्षक संगठन जिल्ला कार्य समितिको आयोजनामा ४५ औँ शिक्षक दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जनज्योति माध्यमिक विद्यालय लालबन्दी ९ मा संगठनका जिल्ला अध्यक्ष भरतकुमार महतोको अध्यक्षता तथा मधेश प्रदेश सदस्य केदार घिमिरेको प्रमुख आतिथ्यतामा नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम र स्थापना दिवस मनाउने कार्यक्रम सम्पन्न भएको हो ।
संगठनका जिल्ला सचिव पुष्पबहादुर श्रेष्ठले संचालन गरेको कार्यक्रममा नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरु सहभागी भएका संगठनका लालबन्दी नगर अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।