त्रिभुवननगर, २९ चैत – सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रहरीले भन्सार छलेर ल्याइएको अवैध समानसहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय संग्रामपुर, प्रहरी चौकी पर्सा, त्रिभुवननगर र नारायणपुरबाट खटिएको गस्ती टोलीले सीमापारी भारतीय बजारबाट भन्सार नबुझाई ल्याइएको २ लाख १७ हजार रुपैयाँ बराबरको समान र दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको मोटरसाइकल बीआर ३० सी ०१९० र बीआर ३० एल ५८५३ नम्वरको भारतीय मोटरसाइकल रहेका छन् ।
बरामद अवैध समान र त्यसको ओसारपसारमा संलग्न मोटरसाइकल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ ।