logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कृषि विद्युतीकरणका लागि बरहथवा नपा र प्राधिकरणबीच सम्झौता, ७४ लाख अग्रिम भुक्तानी


  • उज्यालो अभियान

बरहथवा, २८ चैत – सर्लाहीको बरहथवा नगरपालिकाले कृषि विद्युतीकरणका लागि आज नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रसँग सम्झौता गरेको छ ।

किसानको खेतखेतमा विद्युतीकरण गरेर सिँचाई सुविधा पुर्याउने र बिजुलीको सबै महशुल नगरपालिकाले तिरिदिने गरी सम्झौता भएको हो । कृषि विद्युतीकरणका लागि आजै नगरपालिका कार्यालयले प्राधिकरणलाई ७४ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

नगरप्रमुख कल्पनाकुमारी कटुवाल र प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले वितरण केन्द्र प्रमुख दिगम्बर यादवलाई उक्त चेक हस्तान्तरण गरेका छन् । वितरण केन्द्र प्रमुख यादवले अब तत्कालै नगरपालिकाले भनेबमोजिमको क्षेत्रमा पोल गाडेर तार टाङ्ने काम सुरु गर्ने बताए ।

पहिलो चरणमा २ करोडको योजना अन्तर्गत कृषि विद्युतीकरण गर्न लागिएको हो । नगरपालिकाले ८० प्रतिसत र प्राधिकरणले २० प्रतिसत बेहोर्ने गरी कृषि विद्युतीकरण गर्ने सहमती भएको छ ।

नगरप्रमुख कटुवालले अधिकांश नगरवासी कृषि पेशामा आवद्ध रहेका र उनीहरुलाई निःशुल्क सिँचाईका लागि बिजुली उपलब्ध गराई कृषि पेशामा सहुलियत दिने तथा थप आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको बताईन् ।