logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

व्यापारीलाई मार परेको भन्दै घरबेटीले दिए भाडामा छुट


  • उज्यालो अभियान

भाडा छुट दिने घरबेटी ईन्द्रमणि मैनाली ।

हरिवन, २६ चैत – सर्लाहीको महत्वपूर्ण व्यापारिक केन्द हरिवन बजार स्थित एक घरबेटीले घरभाडा बापतको शुल्कमा छुट दिएका छन् ।

हरिवन बजार स्थित फर्निचर एण्ड फर्निसिङको स्मार्ट होम डेकोर नामक पसलको गोदामघर बापतको भाडामा घरका मालिक ईन्द्रमणि मैनालीले छुट दिएका हुन् । स्मार्ट होम डेकोरका संचालक विनोद महतका अनुसार मैनालीले यसअघि लिँदै आएको भाडामा प्रति महिना १० हजार रुपैंया छुट दिएको जानकारी दिए । ‘४ बर्ष अगाडी कोरोनाकालमा समेत ३ महिनाको भाडा छुट गर्नु भएको थियो’, महतले भने, ‘जसबाट मलाई ठुलो राहत मिलेको थियो भने हाल विश्वव्यापी रुपमा चलिरहेको आर्थिक मन्दिले ब्यापार व्यवसायमा निकै कमी आएको समयमा मासिक १० हजार रुपैया छुट दिनु भएको छ, उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

मैनालीजस्तै अन्य घरबेटीहरुले पनि मनकारी बनेर आर्थिक मन्दीका कारण निकै मारमा परिरहेका व्यापारी, व्यवसायी हरुको मनोबल उच्च पार्न समेत हरिवन सिटी जेसिजका संस्थापक अध्यक्ष समेत रहेका युवा व्यापारी महतले आग्रह गरे ।