चन्द्रनगर गाउँपालिकाको कार्यालय ।
चन्द्रनगर, २५ कात्तिक – जिल्लाको चन्द्रनगर गाउँपालिकाले आज ९ महिनापछि बल्ल बजेट पारित गरेको छ ।
गाउँसभाले ५९ करोड ३० लाख ५९ हजार ७६९ रुपैयाँ ७१ पैसा बराबरको बजेट सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले उज्यालो अभियानसँग बताए । गाउँसभाले बजेट ल्याएसँगै अब तलब भत्ता निकासासँगै विकास निर्माणको काम गर्न बाटो खुलेको छ ।
यसअघि जिल्लाको हरिपूर्वा नगरपालिकामा गत फागुन ७ गते कडा सुरक्षाका बीच बहुमतका आधारमा नगरसभा गरेर बजेट पारित गरिएको थियो ।