logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कक्षा प्रथम हुने विद्यार्थीलाई साइकल पुरस्कार


  • उज्यालो अभियान

हरिवन, २५ चैत – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा रहेको चुरे जनता आधारभूत विद्यालयमा कक्षा प्रथम हुने विद्यार्थीलाई साइकल दिएर पुरस्कृति गरिएको छ ।

आज विद्यालयमा वार्षिक परीक्षाको नतिजा प्रकाशित गरी कक्षा १ देखि ५ सम्म प्रथम हुने पाँच जना विद्यार्थीलाई एक/एक थान साइकल वितरण गरिएको हो । दयनिय अवस्थामा पुगिसकेको विद्यालयलाई उकासेर सुधार गर्दै लैजाने अभियान अन्तर्गत विद्यार्थी र अभिभावकको प्रोत्साहनस्वरुप साइकल वितरण गरिएको हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए ।

उनका अनुसार कक्षामा दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पनि क्रमश : दुई हजार र एक हजारसहित पुरस्कृत गरिएको छ । यस्तै विद्यालयमा नियमित बच्चा लिएर आउने हरिमाया विकलाई उत्कृष्ट अभिभावकको रुपमा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

वडाध्यक्ष ढुंगाना, व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेती, प्रधानाध्यापक डिल्लीराम भट्टराईलगायत भएर विद्यार्थीलाई पुरस्कृत र उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको हो ।

१६/१७ जना विद्यार्थी मात्रै अध्ययन गर्ने विद्यालयमा शिक्षक नियुक्ति, पठनपाठनमा सुधारसहितका काम गरेपछि गत वर्ष ८७ जना विद्यार्थीले वार्षिक परीक्षा दिएका थिए ।