logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनको मनोकामना सहकारीमा आगलागी, नियन्त्रणमा प्रयास हुँदै


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

हरिवन, २५ चैत – सर्लाहीको हरिवन नगरपालिका–११, स्थित मनोकामना बहुउद्देश्यीय सहकारी संस्थामा आगलागी भएको छ ।

संस्थाको कार्यालय भित्रबाट धुवाको मुस्लो निस्किएपछि अहिले हरिवन नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण खुल्न सकेको छ्रैन् ।

आज बिहान स्थानीयले ताला लगाइएको सहकारी कार्यालयको भित्रबाट धुँवाको मुस्लो निस्किएको खबर गरेपछि संस्थाका पदाधिकारी र प्रहरी हरिवन नगरपालिकाको दमकलसहित कार्यालय परिसरमा पुगेका छन् ।