logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिवनमा युवा संघ नेपालको नवौं जिल्ला अधिवेशन जारी


  • उज्यालो अभियान

हरिवन, २४ चैत – सर्लाहीको हरिवनमा नेकपा एमाले निकट युवा संघ नेपालको नवौं जिल्ला अधिवेशन जारी छ ।

अधिवेशनको आज मध्यान्ह अधिवेशन आयोजक कमिटीका अध्यक्ष श्याम मोक्तानको अध्यक्षता तथा युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामाको प्रमुख आतिथ्यता र मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादवको विशिष्ठ आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको हो ।

अहिले साँझ बन्द सत्र सुरु भएको छ । बन्द सत्रले युवा संघ सर्लाहीको नयाँ नेतृत्व चयन गर्ने छ ।

अधिवेशनमा अहिले साँझ एमाले नेता तथा रक्षामन्त्री हरि उप्रेती पनि सामेल भएका छन् ।