logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, २४ चैत – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरबाट ठूलो परिमाणमा लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित दुई युवकलाई पक्राउ गरेको छ ।

नवलपुरस्थित चोकबाट हरिपुर नगरपालिका–७, चिताइनका २८ वर्षीय पिन्टु कुमार गुप्ता र ३० वर्षीय राजेश सहनी तीन हजार पिस नाइट्राभेट ट्याब्लेटसहित पक्राउ परेका हुन् । सदरमुकाम मलङ्गवातर्फबाट ठूलो परिमाणमा लागूऔषध ल्याइँदै छ भन्ने लागूऔषध व्यूरो वीरगन्ज शाखाको सुचारका आधारमा खटिएको प्रहरी टोलीले ज ४ प ५१३६ नम्वरको मोटरसाइकलमा आउँदै गरेका चालक गुप्ता र पछाडि सवार सहनीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले चाउचाउको कार्टुनभित्र लुकाएर ल्याएको नाइट्राभेट ट्याब्लेट १० एमजी लेखिएको तीन हजार पिस लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

गुप्ता र सहनी दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए ।