logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लोकतान्त्रिक गोल्डकप : नव जनजागृति सिमरा र बेंखाडी युवा क्लब महोत्तरीले खेल्दै


  • उज्यालो अभियान

रामपुर, चैत १९ – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा जारी मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदै छ ।

प्रतियोगितामा आज सिमरा गोल्डकप गर्दै आइरहेको मोफसलको चर्चित क्लब नवजनजागृति युवा क्लब सिमरा, बारा र महोत्तरीको बेंखाडी युवा क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल अब केहीबेरपछि रामपुरस्थित फूलजोर खोला किनारमा रहेको रामपुर खेल मैदानमा सुरु हुँदै छ ।

प्रतियोगितामा यसअघि हिजो मोफसलको अर्को चर्चित क्लब वीरगन्ज युनाईटेड क्लबलाई बर्दिवास नगरपालिका महोत्तरीले १–० गोलले पराजित गरेको थियो ।

सर्लाही लोकतान्त्रिक खेलकुद संघको आयोजना तथा जनजागृति यूवा क्लब रामपुरको सह–आयोजनामा जारी प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।