लालबन्दी, १७ चैत – सर्लाहीको उत्तरी भेगमा अहिले राति असिना पानी परेको छ ।

जिल्लाको उत्तरी भेगको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती क्षेत्रको पूर्व–पश्चिम राजमार्ग आसपास र चुरेभेगमा असिना र चट्याङ्गसहित एक झर ठूलो वर्षा भएको हो । राति ९ बजेपछि भल बग्ने गरी असिना पानी परेको स्थानीयले बताएका छन् ।

जिल्ला सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने पानी पर्न सकेन । पूर्व–पश्चिम राजमार्गदेखि डेढ/दुई किलोमिटर तलसम्म असिनासहितको वर्षा भएपनि त्यहाँबाट दक्षिणमा भने पानी नै नपरेको स्थानीयले बताएका छन् ।