जुटपानी, १७ चैत – दिदी बहिनी जागरण अभियान लालबन्दीले आज जुटपानीस्थित वृद्धाश्रममा भाडावर्तन सहयोग गरेको छ ।
अभियानमा आवद्ध ७५ जना महिला दिदी बहिनीले आज बिहान लालबन्दी नगरपालिका २ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा पुगेर ३९ हजार ५४० रुपियाँ बराबरको विभिन्न भाडावर्तन सहयोग गरेका हुन् । अभियानको नामबाट ५० थान थाल, ५० थान चम्चा, १ थान मिक्चर, ४ थान डेक्ची, १ थान कराही, १ थान कुकरसहितका भाडावर्तन सहयोग प्राप्त भएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।
महिलाको टिमले आश्रममा आज बिहानको एक छाक भोजन र दिउँसोको खाजाको प्रवन्ध समेत मिलाएको छ ।
लालबन्दी क्षेत्रका महिला दिदी बहिनीले एक आपसमा रकम सङ्कलन गरी आश्रममा पुगेर भाडावर्तन सहयोग गरेका हुन् । सबैमा सेवा भाव जागृत होस् भन्ने उद्देश्य राखी आश्रममा पुगेर सकेको सहयोग गरेको अभियानकी नेतृत्वकर्ता रोमा निरौलाले बताईन् ।