logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कविलासीमा ३ दिने निःशुल्क आँखा शिविर सुरु


  • उज्यालो अभियान

कविलासी, १५ चैत – सर्लाहीको कविलासीमा हिजोबाट ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ ।

कविलासीस्थित कविलासी स्वास्थ्य चौकी र निर्माणाधीन नगरपालिका भवनको पछाडिपट्टीको भेटेरिनरी अस्पतालमा आँखा शिविर सुरु भएको हो । आँखा शिविर भोली शुक्रबारसम्म संचालन हुने छ ।

कविलासी नगरपालिकाको सामाजिक सुरक्षा शाखा र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर सुरु भएको हो । शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीलाई सोही स्थानमा निःशुल्क अप्रेसनको समेत व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।

आँखा शिविरको उद्घाटन समारोहमा कविलासी नगरपालिकाका मेयर ब्रम्हदेव राय, उपमेयर पुनम कर्ण, भरतपुर आँखा अस्पतालका निर्देशक पुष्पा गिरी श्रेष्ठ, भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

शिविरमा हिजो पहिलो दिन २५३ जनाको आँखा परीक्षण गरी ५१ जनाको मोतिया विन्दुको अप्रेसन समेत गरिएको छ ।