logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रचण्डले कांग्रेसलाई होईन, जनतालाई धोका दिए : डा. डिला संग्रौला


  • उज्यालो अभियान

लालबन्दी, १३ चैत – नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गठवन्धन तोडेर कांग्रेसलाई नभई जनतालाई धोका दिएको बताएकी छन् ।

आज साँझ लालबन्दीमा नेपाल पे्रस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेतृ संग्रौलाले गठवन्धनमा बसेर भोट मागेर प्रधानमन्त्री बनेपछि अहिले आएर गठवन्धन तोडेर जनताको मतमाथि प्रचण्डले खेलवाड गरेको आरोप लगाएका हुन् । अस्थिरताको राजनीतिको विजारोपण गरेर प्रचण्डले ठूलो गल्ती गरेको कांग्रेस केन्द्रिय सदस्य संग्रौलाको भनाई छ ।

उनले सुशासनको जगमा समृद्धिको यात्रा तय हुने नारासहित अगाडि बढेको कांग्रेसले सहकारी ठगीको प्रकरणमा जोडिएका गृहमन्त्री नै यसमा मुछिएपछि त्यसविरुद्ध संसद अवरुद्ध पारिएको बताईन् । उनले गृहमन्त्री रवी लामिछानेले राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने र संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको बटमलाईन रहेको बताएकी छन् । उनले प्रतिपक्षमा बस्नुपर्दैनमा कांग्रेस छट्पटाएको भन्नु गलत रहेको बताईन् ।

नेपाल प्रेस युनियन सर्लाहीका सभापति कृष्ण थपलियाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस क्षेत्र नं. १ (ख) का सभापति सीताराम दाहाल, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।