logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बसमा माेटरसाईकल ठाेक्किदा १ युवककाे मृत्यु, अर्का गम्भीर घाईते


  • उज्यालो अभियान

हरिवन, १३ चैत – सर्लाहीकाे हरिवनमा सबारी दुर्घटना हुँदा १ युवककाे मृत्यु भएकाे छ भने अर्का १ जना गम्भीर घाईते भएका छन् ।

हरिवन नगरपालिका-९ नयाँराेडबाट विष्णुपुर जाने भित्री सडकखण्डमा राेकिराखेकाे ग. १ ख ८६०९ नम्बरकाे बसमा उत्तरबाट नयाँराेडतर्फ आईरहेकाे बा. ३८ प ४२८५ नम्बरकाे माेटरसाईकल मंगलबार बिहान पाैने ४ बजे ठाेक्किएकाे हाे । माेटरसाईकलमा सबार राैतहटकाे चन्द्रपुर नगरपालिका-२ जुडबेला निवासी २०/२२ वर्षीय सुमन दनुवारकाे मृत्यु भएकाे र हरिवन नगरपालिका-९, दनुवारी निवासी करिब २५ वर्षीय राेहन दनुवार गम्भीर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

गम्भीर घाईते दुवैजनालाई उपचारका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पुर्याउदा चिकित्सकले सुमनलाई मृत्त घाेषणा गरेकाे र गम्भीर घाईते राेहनलाई थप उपचारका लागि वीरगंजतर्फ पठाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । घटनास्थलबाटै जम्बाे बाेतलमा भरिएकाे घरेलु मदिरा समेत बरामद् भएकाे प्रहरीले जनायाे ।