logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रेस मञ्च सर्लाहीको अध्यक्षमा सिंह चयन


  • उज्यालो अभियान

मलंगवा, १२ चैत – प्रेस मञ्च सर्लाहीको अध्यक्षमा कृष्ण सिंह चयन भएका छन् ।

सदरमुकाम मलंगवामा सम्पन्न भेलाले रेडियो वर्षा मलंगवाको संचालक रहेका सिंहको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा रेखा यादव, सचिवमा दीपेन्द्र साह, सहसचिवमा अनिता साह, कोषाध्यक्षमा सदाम हुसैनसहित अन्य सदस्य रहेका छन् ।

यस्तै, भेलाले अनवर अहमद र ऋषिकेश यादवलाई प्रदेश कार्य समितिमा सिफारिस गरेको नवनिर्वाचित अध्यक्ष सिंहले जानकारी दिए ।

भेलामा प्रेस मञ्चका मधेश प्रदेश अध्यक्ष अमरेन्द्र यादव, महासचिव बन्दना झा, मञ्चका केन्द्रिय उपाध्यक्ष मनोज यादव, आम सन्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवलगायतको आतिथ्यता रहेको थियो ।