logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको ७ औँ साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, १० चैत – खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको आज ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष देवनाथ पोखरेलको अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा लालबन्दी ६ लेखाली चौरस्थित खानेपानीको कार्यालय परिसरमै नियमित वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी र उपमेयर कल्पनामाया पाख्रिनको विशिष्ठ आतिथ्यता रहेको थियो ।

साधारण सभामा लालबन्दी नगरभित्र क्रियाशील विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, खानेपानी संस्थाका वर्तमान तथा पूर्व कार्य समितिका पदाधिकारी, आम उपभोक्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो । संस्थाले लालबन्दी ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १५ नम्वर वडाको केही क्षेत्रमा खानेपानी वितरण गर्दै आइरहेको छ ।

साधारण सभामा उपभोक्ता तथा अन्य सरोकारवाले संस्थाको खानेपानी महशुल संकलन, कर्मचारीको संख्या, ऋणलगायत हरहिसाबका विषयमा राखेको जिज्ञाशाको जवाफ अध्यक्ष पोखरेलसहित जिम्मेवार पदाधिकारी तथा अधिकार प्राप्त कर्मचारीले दिएका थिए ।

साधारण सभालाई प्रदेश सभा सदस्य लुंगेली, मेयर अधिकारी, उपमेयर पाख्रिन, लालबन्दी ६ का वडाध्यक्ष लालबहादुर योन्जन, १३ का वडाध्यक्ष शिवकृष्ण बैद्य, नेपाली कांग्रेसका सीताराम दाहाल, दीपक अधिकारी, एमालेका नवराज मिश्र, माओवादीका लेखराम जर्गा मगर (अर्जुन), जसपाका ऋषि धिताल, राष्ट्रिय स्वतन्त्र पार्टी बालकृष्ण कार्की, संस्थाका पूर्व अध्यक्षहरु आभुषण चौलागाई र राजन काफ्ले, अहिलेको समितिका उपाध्यक्ष गंगाराम महतो, कोषाध्यक्ष डुकेन्द्रबहादुर खत्री (कपिल, जनज्योति माविका अध्यक्ष बलराम पोखरेल लगायतले सम्वोधन गरे ।

लेखापाल मनोज बख्रेलले संचालन गरेका कार्यक्रममा स्वागत मन्तव्य लालबन्दी १० खानेपानी समितिका संयोजक गणेश श्रेष्ठले राखे ।