लालबन्दी, ०८ चैत – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आज फागूपूर्णिमा (होली) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको स्नातक तह पहिलो वर्षका नवआगन्तुक विद्यार्थीलाई स्वागतसहित स्वतन्त्र विद्यार्थी (युनियन) स्ववियुले होलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा अतिथि तथा सहभागी विद्यार्थीबीच एक आपसमा रंग लगाएर होलीको शुभकामना व्यक्त गरिएको छ ।

स्ववियु सभापति अभिमन्यु चौधरीको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका पार्टी प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पूर्व क्याम्पस स्ववियु सभापति योगराज देवकोटा (युवराज) ले संचालन गरेका थिए ।