logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बिहानपख चिसो, दिउँसो गर्मी चढ्न थाल्यो


  • उज्यालो अभियान

लालबन्दी, ०६ चैत – सर्लाहीसहित तराई क्षेत्रमा बिहानपख अझै चिसो नै छ । तर दिउँसोपख भने गर्मी चढ्न थालिसकेको छ ।

यहाँ आज बिहान चिसो स्याँठ चलेको थियो । बिहानपख केही घण्टा यसरी चिसो भएपनि मध्यान्ह हुँदै जाँदा घाम चर्किएर गर्मी बढ्दै गइरहेको हो ।

विगत ३÷४ दिनदेखि यहाँ दिउँसोपख घाम निकै चर्किएको स्थानीयले बताएका छन् । मौसम परिवर्तनकै क्रममा रहँदा ज्वरो, रुघाखोकी, अपजजस्ता स्वास्थ्य समस्याका बिरामी बढिरहेका छन् ।

अधिकांशमा अहिले स्वास्थ्य समस्या पाइन्छ । चिकित्सकले मौसम परिवर्तनसँगै धुलो, धुँवाको प्रदुषण ज्यादै नै रहेकाले बाहिर निस्कँदा मास्क लगाउन, बाहिरी खाना सकभर नखान, घरमै स्वस्थ्यकर खानेकुरा पकाएर खान, पानी प्रशस्त पिउन र अन्य स्वास्थ्य सावधानी अपनाउन सुझाव दिँदै आएका छन् ।

सुक्खापन बढेर सबैतिरको मौसम उजाडिँदै गइरहेको छ । यो बेलामा आगलागीका घटना बढिरहेका छन् । चुरेका विकट बस्ती खानेपानीको अभावमा काकाकूल बनेका छन् ।

खोलानाला तथा नहर सुक्दा किसानलाई सिँचाईको समस्या भएको छ । पानी पर्न नसक्दा यहाँका वन क्षेत्रमा डढेलो फैलँदै गइरहेको स्थानीयले बताएका छन् ।

पिच नभएका कच्ची सडकमा धुलो उडेर हिँडडुल तथा यात्रा गर्न निकै सकस परिरहेको छ ।