मलंगवा, ०५ चैत – सर्लाहीको गोडैता नगरपालिकास्थित रोहुवाका राजन झाको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।
३३ वर्षीय राजनको ज्याला मजदुरीका क्रममा बाँस काट्न जाँदा लडेर टाउकोमा गहिरो असर परेको छ । ब्रेन ह्यामरेज तथा पक्षघातको उपचार गराइरहेका आर्थिक रुपमा विपन्न राजनलाई थप अप्रेसनका लागि ‘समृद्ध सर्लाही निर्माण’ अभियानको नामबाट हिजो २५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
डा. गुणेश्वर झा, समाजसेवी रजनिकान्त झाले राजनले फिजियोथेरापी गराइरहेको अस्पतालमा पुगेर नगद सहयोग हस्तान्तरण गरेका छन् । राजनको उपचारका लागि गाउँलेले पनि चन्दा उठाएर आर्थिक सहयोग गरे ।
समृद्ध सर्लाही निर्माण अभियानको नाममा यस्ता अप्ठेरोमा परेको विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको डा. झाले बताए ।