बरहथवा, ०३ चैत – नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्लाहीले भोली प्रथम प्रथम प्रतिनिधि परिषदको बैठक भोली (आईतबार) बरहथवामा हुँदैछ ।
बैठकको उद्घाटन समारोहमा सहभागि हुन प्रमुख अतिथिको रुपमा पार्टीका वरिष्ठ उपाध्यक्ष पूर्व उप-प्रधानमन्त्री ईश्वर पोखरेल सहित सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज हाल नेपाल सरकारकी कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साह, मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल, रक्षा मन्त्री हरि उप्रेती लगायतका नेताहरुको आतिथ्यता रहने सर्लाही जिल्ला कमिटी उप-सचिव प्रकाश थापाले जानकारी दिए । थापाका अनुसार बरहथवा जियान पार्टी प्यालेसमा बिहान ११ बजे उद्घाटन समारोह हुने र लगतै बैठक सूरु हुने छ ।
बैठकमा सर्लाहीबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य, सर्लाहीबाट निर्वाचित संघीय सांसद सहित सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरु, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरु, आठौं जिल्ला अधिबेशनका प्रतिनिधिहरु, २० वटै पालिका कमिटीका पदाधिकारीहरु, २०० वटै वडा कमिटीका अध्यक्ष, पार्टी अन्तर्गत जनसंगठनका केन्द्रीय सदस्य एबं जिल्ला कमिटीका पदाधिकारीहरु लगायतको सहभागिता रहने उपसचिव थापाले जानकारी दिए । थापाका अनुसार बैठकले राजनैतिक तथा सांगठनिक प्रतिवेदन समेत पास गर्ने छ । पार्टीका केन्द्रीय नेताहरु सहित वर्तमान संघीय सरकारका मन्त्रीहरु समेत उपस्थित हुने भएपछि कार्यक्रममा जिल्ला मात्र हैन प्रदेश स्तरबाट पनि एमाले नेता कार्यकर्ताहरुको ओईरो लाग्ने भएको छ ।