logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आचार्य बन्धु समाज नेपाल सर्लाहीको कार्य समिति चयन


  • उज्यालो अभियान

लालबन्दी, ३ फागुन – सर्लाहीमा आचार्य बन्धु समाज नेपालको जिल्ला कार्य समिति चयन गरिएको छ ।

आज बिहान लालबन्दीमा सम्पन्न प्रथम भेलाले प्रशान्त आचार्यको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उमेश आचार्य, सचिवमा रमेश आचार्य, कोषाध्यक्षमा सन्तोष आचार्य, सह–सचिवमा गोविन्द आचार्य, सदस्यमा राधेश्याम आचार्य र अशोक आचार्य चयन भएका छन् ।

लालबन्दी नगरपालिका ९ बस्तीपुरस्थित आरम्भ पाठशालामा भएको भेलामा आचार्य बन्धु समाज नेपालका केन्द्रिय अध्यक्ष बाबुराम आचार्य, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, सभापति सीताराम आचार्यलगायत जिल्लाभरबाट आचार्य बन्धुहरु उपस्थिति भएका भेलामा सहभागी अरुण आचार्यले जानकारी दिए ।