बागमती, ३० फागुन – मेची महाकाली पदयात्रा गर्ने सर्लाही बागमती निवासी नित्यानन्द शर्मा कँडेललाई आज सम्मान गरिएको छ ।
बागमती नगरपालिका ११ पुतली चोक निवासी कांग्रेसका क्रियाशील सदस्य समेत रहेका कँडेललाई नेपाली कांग्रेस बागमती नगर समिति र नेपाल तरुण दल बागमती ११ को वडा कार्य समितिले सम्मान गरेको हो ।
कात्तिक ८ गते नेपालको पूर्वी सिमाना मेची पुलबाट मंसिर ३० गते पश्चिम सिमाना महाकालीसम्मको पदयात्रा पूरा गर्ने शर्मालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको तरुण दल बागमती ११ का वडासभापति प्रकाश खत्रीले जानकारी दिए ।
शर्मालाई कांग्रेस नगर उपसभापति अर्जुन थापा, तरुण दलका वडा सभापति खत्रीलगायत पार्टीका स्थानीय नेता कायकर्ताले आज दिउँसो अबिर र खादा पहिर्याएर सम्मान पत्रसहित सम्मान गरेका हुन् ।