logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अदालतबाट भागेका थूनुवा तुरुन्त पक्राउ परे


  • उज्यालो अभियान

घटनालगत्तै अदालतमा पुगेका एसपी दयानिधी ज्ञवालीसहितका सुरक्षार्थ परिचालित प्रहरी ।

मलंगवा, २९ फागुन – सर्लाही जिल्ला अदालत मलंगवामा आज अपरान्ह प्रहरीले म्याद थप गर्न ल्याएको एक जना थूनुवा फरार भए लगत्तै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतबाट म्याद थप गर्न अदालतमा ल्याइएको लागूऔषध मुद्दाका एक युवक अदालत परिसरबाट फरार हुन सफल भएका थिए । लगत्तै उनलाई प्रहरीले अदालत बाहिरबाट नियन्त्रणमा लिन सफल भएको हो ।

सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले ती थूनुवा शौचालयको झ्यालबाट भागेपनि प्रहरीले तुरुन्त पक्राउ गरेको उज्यालो अभियानसँग बताए ।

थूनुवा फरार भए लगत्तै जिल्ला प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवाली, डीएसपी पन्जियार, दुई जना इन्स्पेक्टरसहितका प्रहरी अधिकारी तुरुन्त अदालतमा पुगेका थिए ।

(नाेट : पून: सच्याईएकाे)