logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवा नगरपालिकालाई आज साक्षर नगर घोषणा गरिँदै


  • उज्यालो अभियान

मलंगवा, २९ फागुन – सर्लाहीको जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकालाई आज जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा गरिँदै छ ।

सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेकाले आज एक समारोहका बीच नगरलाई साक्षर घोषणा गर्न लागिएको सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार मापदण्डअनुसार नगरभित्रका ९६.१३ प्रतिसत नागरिक साक्षर भइसकेका छन् ।

मेयर नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा नगरपालिका कार्यालयकै प्राङ्गणमा बिहान ११ बजेपछि साक्षर नगरपालिका घोषणा समारोह आयोजना गरिएको छ ।