मलंगवा, २८ फागुन – ऐन नियम देखाएर सराेकारवाला कार्यालयका प्रमुखहरु तथा स्थानीय तहहरुले सहयाेग नगर्दा अपेक्षाकृत काम गर्न नसकिएकाे राष्ट्रिय भूमि आयाेग जिल्ला समिति सर्लाहीले जनाएकाे छ ।


आइतबार दिउँसाे सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिकाे सभाहलमा पत्रकार सम्मेलन गर्दै समितिले वन ऐन देखाउँदै डिभिजन वन कार्यालय सर्लाहीका प्रमुखले असहयाेग गर्दा भूमि ऐन अनुसार काम अगाडि बढ्न नसकेकाे जनायाे । समितिले हालसम्म सर्लाहीमा भएकाे प्रगतिहरु समेत सार्वजनिक गरेकाे छ भने अपेक्षाकृत काम अगाडि नबढ्नुका ५ वटा कारण समेत सार्वजनिक गरेकाे छ ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष चन्द्र प्रसाद वाग्ले, सदस्य रणधिर कुमार यादव, प्रवक्ता मदन विक लगायतले भूमि आयाेगले गरिरहेकाे काम तथा आईपरेका समस्याहरु प्रस्तुत गरेका थिए ।