logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गोलभेँडाको केचब बनाउने सीप विकास तालिम प्रदान


  • उज्यालो अभियान

लालबन्दी, २७ फागुन – सर्लाहीको लालबन्दीमा ५३ जना महिला तथा पुरुषलाई व्यावसायिक गोलभेँडा केचब (सस) बनाउने तालिम प्रदान गरिएको छ ।

लालबन्दी नगरपालिकाले १७ वटा वडामध्ये वडा नं. ७ र १४ बाहेक अन्य वडाबाट महिला तथा पुरुषलाई सहभागी गराई गोलभेँडाको केचब बनाउने तालिम दिएको हो । फागुन १६ गतेदेखि २० गतेसम्म पहिलो समूह र २१ गतेदेखि २५ गतेसम्म दोस्रो समूहलाई तालिम दिइएको लालबन्दी नगरपालिकाको उद्यम विकास शाखाका समिर सुवेदीले जानकारी दिए । उनका अनुसार सहभागीलाई घरेलु तथा साना उद्योग विकास समितिका पूर्व उपनिर्देशक रामबहादुर श्रेष्ठले तालिम प्रदान गरेका हुन् ।

तालिमको आज लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थितिमा लालबन्दी नगरपालिकाको पुरानो सभा हलमा समापन गरिएको सुवेदीले बताए ।