लालबन्दी, २७ फागुन – बिदाका कारण सर्लाहीका बैैंक तथा वित्तीय संस्थामा आज दिनभर सेवाग्राहीको चाप देखिएको छ ।
शुक्रबार महाशिवरात्रिको बिदा र हिजो शनिबार नै थियो । भोली फेरि ग्याल्पो ल्होसारको बिदा छ । दुई दिन लगातार बिदा परेको र भोली फेरि बिदा रहेकाले आज यहाँका लालबन्दी, हरिवन, मलंगवा, बरहथवासहितका ठाउँमा रहेका बैंक तथा वित्तीय संस्था र आइएमई सेन्टरमा सेवाग्राहीको भीडभाड देखिएको हो ।
विशेष गरी आइएमई सेन्टरमा आज दिनभर सेवाग्राहीको बढी नै चाप देखिन्थ्यो । पछिल्लो समय धेरैको जीविकाको स्रोत नै बिदेशबाट कमाएर पठाउने पैसा (रेमिट्यान्स) नै हो ।
घरका कोही न कोही बिदेश छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारका आइएमई सेन्टरमा आज गाउँ–गाउँबाट आएका सेवाग्राहीले डेढ÷दुई घण्टा पालो कुरेर पैसा झिकेका छन् ।