logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा आज बिहानैबाट बाक्लो हुस्सु र चिसो स्याँठ


  • उज्यालो अभियान

हरिवन, २२ फागुन – चैत लाग्नै लाग्दा सर्लाहीसहित आसपासका जिल्लामा आज एक्कासी मौसम बदली भई पुस, माघमा झैँ बाक्लो हुस्सु लागेको छ ।

गर्मी चढ्ने समयमा अचानक फेरि बाक्लो हुस्सु फर्किएर चिसो हुँदा सर्वसाधारणले आश्चर्य व्यक्त गरेका छन् । यस क्षेत्रमा आइतबार साँझपख केहीबेर पानी छिट्याएको थियो । हिजो भने दिनभरको मौसम सफा रह्यो ।

जिल्लाको दक्षिणी भेगमा हिजो बिहानपख केही समय लागेको हुस्सु मध्यान्हपछि हटेर घाम लागेको थियो । आज पुनः सबै भेगमा बाक्लो मात्रामा हुस्सु लागेर शितलहर र चिसो स्याँठ चलेको छ ।

बाक्लो मात्रामा हुस्सु लागिरहेकाले पूर्व पश्चिम राजमार्गसहित अन्य सडकमा सवारी साधन बत्ती बालेर गुडिरहेका छन् ।

मानिस ठाउँ–ठाउँमा आगो तापेर बसेका छन् भने अधिकांश न्यानो लुगामा बाहिर निस्किएका छन् ।