हरिवन, १८ फागुन – सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले हरिवन नगरपालिकाको विभिन्न वडाहरुको बिहीबार अनुगमन गरेको छ ।
वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्श सेवाको अनुगमन तथा मूल्यांकन गरिएको हो । नगरप्रमुख रमेश बुढाथोकी (कमल) उप प्रमुख हरिमाया घलान, प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र सापकोटा, ईलाका प्रशासन कार्यलयका हरिवनका प्रमुख राज कुमार थापा र सामी हेल्मेटान्सका प्रवन्धक विजय ठाकुर लगायतले अनुगमन गरेका परामर्शकर्ता तारा पोखरेलले जानकारी दिईन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम जिल्लाको विभिन्न पलिकाहरुमा सञ्चालनमा छ । कार्यक्रम कि मनोसामाजिक परामर्श कर्ता बिना प्याकुरेल (बिनु) का अनुसार यो कार्यक्रम संंचालन भएपछि धेरै बालबालिकाहरुमा परिवर्तन आएको छ। उनीहरु बिगतको तुलनामा अहिले राम्रोसँग बोल्न, खेल्न र हिड्न सक्ने भएको दाबी गरिएको छ ।
सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकार, हरिवन नगरपालिकाको नेतृत्वमा कार्यान्वयन भइरहेको छ ।
कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराउने गरेको छ ।