logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

संचारकर्मी महतोलाई धम्की दिइएकोप्रति प्रेस सेन्टर सर्लाहीको पनि आपत्ति


  • उज्यालो अभियान

गोडैता, १८ फागुन – प्रेस सेन्टर नेपाल सर्लाही जिल्ला शाखाले पनि संचारकर्मी शिवकुमार महतोलाई गालीगलौच गरी अंगभंग पारिदिन्छु भन्दै धम्की दिइएकोप्रति आपत्ति जनाएको छ ।

जिल्लाको गोडैता बजारमा रहेको धड्कन एफएममा कार्यरत संचारकर्मी महतोलाई अपरिचित व्यक्तिले बुधबार दिउँसो ९८१५८७५४९१ नम्वरबाट फोन गरेर समाचार प्रशारणको विषयलाई लिएर दुईवटै खुट्टा भाँचिदिन्छु भन्दै धम्की दिएका थिए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका सचिव राधेश्याम कुशवाहाले हिजो प्रेस विज्ञप्ती जारी गर्दै एक जना संचारकर्मीलाई यसरी धम्की दिनु प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै निन्दनिय कार्य रहेको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तीमा यस घटनामा संलग्न व्यक्तिलाई तत्काल पहिचान गरी कानूनी कारवाहीको दाउरामा ल्याउन माग गरिएको छ ।