logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

माेटरसाईकल चाेर्दाचाेर्दै युवक पक्राउ


  • उज्यालो अभियान

हरिवन, १८ फागुन – माेटरसाईकल चाेरी गरेर भाग्दै गरेकाे अवस्थामा एक युवक पक्राउ परेका छन् ।

हरिवन नगरपालिका-९ नयाँरोडमा पार्किङ गरिराखेको प्रदेश २-०३००१ प ८८५५ नम्बरको माेटरसाईकल चाेरी गरेर भाग्दै गरेकाे अवस्थामा सर्लाहीकाे गोडैता नगरपालिका-११ सिसौटिया भट्ठी टोल निवासी १९ वर्षीय राजाबाबु मण्डल पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । १५० सीसीको रातो कालो रंगकाे मोटरसाईकलको तार चुडाएर लक भाँचि चोरी गरी लैजाँदै गरेको अवस्थामा उनलाई बुधबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । मण्डल विरुद्द सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।