logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

समाजसेवी गुप्ताले बाँडे ८५ गरिव परिवारलाई कम्बल


  • उज्यालो अभियान

मलंगवा, १६ फागुन – समाजसेवी एवं व्यवसायी सुगन्ध प्रसाद गुप्ता (सन्जय) ले बैवाहिक वर्षगाँठको अवसरमा सदरमुकाम मलंगवाका गरिब र दलित परिवारलाई कम्बल वितरण गरेका छन् ।

गुप्ताले आफू र श्रीमती सुजता गुप्ताको २१ औँ वैवाहिक वर्षागाँठको अवसरमा पारेर मलंगवाको विभिन्न स्थानका आयस्रोत न्यून रहेका व्यक्तिलाई ८५ थान कम्बल वितरण गरेका हुन् । आफूले वर्षेनि वैवाहिक वर्षागाँठको अवसरमा गर्दै आइरहेको सामाजिक कार्य अन्तर्गत यो वर्ष गरिब, दलित तथा असहायलाई कम्बल वितरण गरेको व्यवसायी गुप्ताले बताए ।

आफूले व्यक्तिगत खर्चमा यस प्रकारको सहयोग गर्दै समसानघाट, धर्मशाला, मन्दिर, मस्जिदलगायत निर्माणमा समेत बजेट जुटाउँदै आइरहेको गुप्ताको भनाई छ ।