logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रग्बी खेलमा टिमलाई च्याम्पियन बनाउन सफल बम्जनलाई सम्मान


  • उज्यालो अभियान

लालबन्दी, १६ फागुन – काठमाडौँमा सम्पन्न १५ औँ राष्ट्रिय रग्बी प्रतियोगितामा आफ्नो टिम गोर्खाली रग्बी क्लबलाई च्याम्पियन बनाउन सफल लालबन्दी निवासी रोशन बम्जनलाई आज सम्मान गरिएको छ ।

लालबन्दी १० चन्द्रपुरका बम्जनलाई उहाँ अध्ययन गरेको आधारभूत विद्यालय चन्द्रपुरले आज नगदसहित सम्मान गरेको हो । विद्यालयका अध्यक्ष उदय पाख्रिन, प्रधानाध्यापक गोपालबहादुर श्रेष्ठ, विद्यालयका अन्य शिक्षक भएर काठमाडौंमा सम्पन्न रग्बी खेलमा टिमलाई प्रथम बनाउन सफल बम्जनलाई विद्यालयको तर्फबाट ५ हजार नगद र प्रशंसा–पत्रसहित सम्मान गरिएको हो ।

खेल क्षेत्रमा राम्रो प्रगति गरिरहेका बम्जनको बुवा ज्याला मजदुरी गर्ने, आमा भारतमा मजदुरीकै शिलशिलामा रहेको र घरको आर्थिक अवस्था सारै दयनिय रहेकाले प्रोत्साहनस्वरुप यस प्रकारको सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाख्रिनले जानकारी दिए ।

सोही कार्यक्रममा फुटबल खेलाडी अविनास मगरलाई पनि एक हजार ५० रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।