logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दी महोत्सवमा ७३ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

लालबन्दी, १६ फागुन – महोत्सव लागिरहेको लालबन्दी ६ स्थित राधाकृष्ण फुटबल चौरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् ।

५ जना महिलासहित ७३ जनाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार उद्योग वाणिज्य संघ लालबन्दी आफै आयोजक भएर रक्तदान कार्यक्रम गरेको हो ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटीले मलंगवामा संचालन गरेको रक्तसंचार केन्द्रमा पठाइएको छ ।