logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

वडा सदस्यको निधनमा ईश्वरपुरमा आज बिदा


  • उज्यालो अभियान

बयलवास, १६ फागुन – सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज (बुधबार) बिदा दिइएको छ ।

ईश्वरपुर नगरपालिकाको वडा नं. १४ गौरीशंकर हरकठवाका वडा सदस्य सुरेश साह तेलीको सोमबार राति निधन भएको थियो । नगर उपप्रमुख रन्जिता देवी चौधरीले हिजो नै सूचना जारी गरी वडा सदस्य साहको निधनमा दुःख व्यक्त गर्दै आज नगरभित्र शोक बिदा दिइएको उल्लेख गरेकी छन् ।

आज ईश्वरपुर नगरपालिका, १५ वटै वडा कार्यालय, सबै स्वास्थ्य संस्था र विद्यालयहरु बन्द हुने भएका छन् ।

यसैबीच, आज बिदा दिइएपछि ईश्वरपुर नगरपालिकाभित्र दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रम भोलीबाट मात्रै सुरु हुने भएको छ ।

ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले जुनजुन विद्यालयमा मिति तोकेर खोप केन्द्र निर्धारण भएको थियो, ती विद्यालयहरुमा अब एक दिन पछाडिको मितिमा खोप कार्यक्रम चल्ने जानकारी दिए ।