logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पिपरियामा २७५ जनाको निःशुल्क आँखा परीक्षण, ९० जनामा मोतिया विन्दु


  • उज्यालो अभियान

पिपरीया, १५ फागुन – सर्लाहीको कविलासी नगरपालिका–२, पिपरीयामा आज आयोजित एक दिने निःशुल्क आँखा शिविरमा २७५ जनाको आँखा परीक्षण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दी, लायन्स क्लब लालबन्दी, तिलगंगा आँखा अस्पताल काठमाडौंको समन्वयमा पिपरीयास्थित मस्जिद नजिक आयोजना गरिएको शिविरमा २७५ जनाको आँखा जाँच गरिएकोमा ९० जनामा मोतिया विन्दु फेला परेको छ । ती मोतिया विन्दुका बिरामीलाई शनिबार लालबन्दीस्थित रेडक्रसले संचालन गरेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा ल्याएर अप्रेसनको व्यवस्था मिलाइएको रेडक्रस लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।

यसअघि लालबन्दी, रानिगन्ज र परवानिपुरमा भएको शिविरमा पनि ठूलो संख्यामा आँखाका बिरामीको परीक्षण भएको थियो ।