logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बिजुली सर्ट भइ आगलागी हुँदा घर जलेर नष्ट


  • उज्यालो अभियान

नवलपुर, १० फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ ।

बिजुली सर्ट भएर आगलागी हुँदा स्थानीय विष्णुदेव महतोको घर जलेर नष्ट भएको हो । महतोका श्रीमतीको १३ औँ दिनको पुण्य तिथीमा परिवारका सदस्य र आफन्त व्यस्त भइरहेका बेला अचानक बिजुली सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन् । आगलागी गाउँले मिलेर निभाएका छन् ।

आगो निभाएपछि मात्रै हरिवन नगरपालिकाको दमकल आइपुगेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । आगलागीबाट महतोको घर, घरभित्रका सरसामग्री र नगद समेत जल्दा पाँच लाख रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

यस्तै सर्लाहीको धनकौल गाउँपालिका–७, मा उखुको पत्कर लोड गरेर राखिएको ट्याक्टरको दुईवटा टेलरमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् । आगजनीका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।