logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बागमती युवा क्लबलाई सूर्यनगर गोल्डकप


  • उज्यालो अभियान

बागमती, ८ फागुन – सर्लाहीको बागमती युवा क्लबले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित आठौंँ सूर्यनगर गोल्डकपको उपाधि उचालेको छ ।

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबमाथि १–० को सङ्घर्षपूर्ण जित निकाल्दै बागमतीले सूर्यनगर गोल्डकपको उपाधि हात पारेको हो । खेलको २५ औँ मिनेटमा बागमतीका लागि अभि लामाले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो ।

जितसँगै बागमतीले पाँच लाख रुपियाँ नगदसहित प्रतियोगिताको ट्रफी प्राप्त गरेको छ । उपविजेता पुलिसले भने तीन लाख रुपियाँमा चित्त बुझायो ।

सर्लाहीमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता राजर्षि जनक कप आयोजना गर्दै आइरहेको बागमती युवा क्लबले पछिल्लो समय आफ्नो फुटबल टिमलाई ए डिभिजनका क्लबसँग प्रतिस्पर्धामा उतारेर सनसनीपूर्ण खेल पस्कँदै आएको छ ।

सोहीक्रममा बागमतीले विभागिय क्लब पुलिसलाई स्तब्ध पार्दै सूर्यनगर गोल्डकपमा कब्जा जमाएको हो ।