logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

कौडेना, ८ फागुन – हुलाकी सडकस्थित सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा गएसाँझ भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गोडैता नगरपालिका–७, जानकी टोलका ३२ वर्षीय राकेश राउतको मृत्यु भएको हो । साँझ पौने ८ बजे पूर्व–पश्चिम हुलाकी सडकस्थित फूलपरासीमा मलङ्गवाबाट गडहीयातर्फ जाँदै गरेका राउत सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किएर अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राउतलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोटरसाइकलसँग ठोक्किँदा साइकल यात्री भारत बेल्वा सङ्ग्रामपुर बस्ने ४७ वर्षीय रामशिरिस राय सामान्य घाइते भएका छन् ।

रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार जारी छ । तीव्र गतिमा चलाउँदा मोटरसाइकल दुर्घटनामा परेर गम्हरिया, बरहथवा, डुमरियालगायतका स्थानमा गएराति अन्य केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ ।