logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रजातन्त्र दिवसका अवसरमा हरिपुर र ईश्वरपुरका शिक्षकबीच दौड प्रतियोगिता


  • उज्यालो अभियान

बयलवास, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० को उपलक्ष्यमा आज सर्लाहीको हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकाका शिक्षकबीच दौड प्रतियोगिता सम्पन्न भएको छ ।

दुई नगरपालिकाका महिला र पुरुष शिक्षकबीच ईश्वरपुर नगरपालिका ६ स्थित नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा दौड प्रतियोगिता सम्पन्न भएको हो । ४० वर्षमाथि र ४० वर्षमुनि महिला तथा पुरुष शिक्षकबीच १ सय मिटर र २ सय मिटर दौड प्रतियोगिता सम्पन्न गरिएको नारायण माविका शिक्षक नाथुराम चौधरीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी भई बिजयी भएका शिक्षकहरुलाई ईश्वरपुरका नगरपालिकाका मेयर मनोजकुमार आचार्य, वडा नं. ५ का वडाध्यक्ष पन्ची महतो, वडा नं. ६ का वडाध्यक्ष मोहम्मद रहमान अन्सारी, हरिपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर रायलगायत भएर पुरस्कारस्वरुप कलम र डायर प्रदान गरेका छन् ।